अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९ | Colorodo: 00:44

टी–ट्वेन्टी क्रिकेट शृङखला – नेपालद्वारा सिंगापुर ९ विकेटले पराजित, पारसको शतक

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:३० मा प्रकाशित

सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट शृङखला अन्तर्गत आफ्नो दोस्रो खेलमा कप्तान पारस खड्काको शतकको मद्दतमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ। टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १५१ रन जोडेको थियो।

सिंगापुरका लागि टिम डेविडले अर्धशतक पुरा गरेका थिए। ४४ बलको सामना गरेका उनले तीन चौका र चार छक्काको मद्दतमा ६४ रन बनाएका थिए। यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५, जनक प्रकाशले २५ र मनप्रित सिंहले १५ रन जोडेका थिए।

१ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा र्गयो। नेपालका लागि कप्तान पारस खड्काले शतक पूरा गरे। विष्फोटक व्याटिङ गरेका खड्काले ५२ बलमा ७ चौका र ९ छक्काको मद्दतमा १ सय ६ रन जोडे। यस्तै आरिफ शेखले ३८ र ईशान पाण्डेले पाँच रन जोडे।

बलिङतर्फ नेपालका करण केसीले दुई तथा सुशान भारीले एक विकेट लिए। शुक्रबार भएको पहिलो खेलमा नेपाल जम्वावेसँग पाँच विकेटले पराजित भएको थियो। नेपालले सिरिज अन्तर्गत मंगलबार जिम्वाबेसँग र बुधबार सिंगापुरसँग खेल्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू