अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४९ | Colorodo: 17:04

अफगानिस्तानमा राष्ट्रपति चयनका लागि मतदान, सुरक्षा व्यवस्था कडा

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:३० मा प्रकाशित

अफगानिस्तानमा आज नयाँ राष्ट्रपतिचयनका लागि मतदान सम्पन्न भएको छ । मतदानमा सुरक्षाका लागि हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मतदानलाई प्रभाावित पार्न तालिबानले मतदान केन्द्रलाई लक्षित गरेर आक्रमण गर्ने धम्की दिएका थिए ।

अफगान तालिबानकै कारण दुई पटक सारिएको उक्त निर्वाचन कडा सुरक्षा व्यवस्थाबीच सम्पन्न भएको हो । केही समयअघिको अमेरिका र तालिबान विद्रोही समूहबीचको शान्तिवार्ता भङ्ग भएपछि यो निर्वाचन आयोजना गरिएको छ ।

हाल अफगानिस्तानको प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह र निवर्तमान राष्ट्रपति असरफ घानीबीच राष्ट्रपतिका लागि प्रतिस्पर्धा हुने भएको छ । उनीहरु सन् २०१४ देखि सत्तामा रहँदै आएका छन् । सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिबान सत्तालाई हटाइदिएको थियो ।

तालिबानले सत्ताच्युत गरेपछिको अवस्थामा आज मतदान जारी रहेको यो चौथो निर्वाचन हो । यो निर्वाचनबाट आएको नेतृत्वले पनि यसअघि जस्तै तालिबानहरुलाई शान्तिवार्तामा ल्याइ देशको हिंसाको अवस्थाको अन्त्य गर्ने एजेण्डा अघि सारेको छ ।

त्यसैले आजको निर्वाचनबाट निर्वाचित हुने उम्मेदवारले पनि देशको इतिहासमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ । तर तालिबानले हालसम्म सरकारलाई अवैधानिक भन्दै प्रत्यक्ष वार्ता गर्न मानेको छैन । तालिबान विद्रोही समूहले शान्ति वार्ताको एजेण्डामा अमेरिकासँग सहमति भएपछि मात्रै अफगानिस्तानको सरकारसँग वार्ता गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू