अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 20:38

सोह्र श्राद्ध विसर्जन

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:२७ मा प्रकाशित

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध शनिवार विसर्जन भएको छ । पितृ पक्षको अन्तिम दिन आज पशुपतिमा श्राद्ध गर्नेहरुको भिड थियो। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो।

सक्नेले पितृ पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ । नसक्नेले पञ्चमीदेखि औँशीसम्म, र त्यो पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परानुसार दशैं सुरु हुनुअघि सोह्रश्राद्ध गर्ने गरिन्छ ।

सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । पितृ पक्षको समाप्तीसँगै दुर्गा पक्ष अर्थात् बडादशैँ शुरु हुन्छ । छुट भएको र कारणबस तिथि गर्न नसकेको अवस्थामा आज श्राद्ध गरिने प्रचलन पनि छ । सोह्र श्राद्ध सकिएसँगै अव भोलिदेखि घटस्थापनाको सुरुवात गरेर दशैँ पर्व शुरु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू