अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:२६ मा प्रकाशित

‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ। आक्रमणबाट गम्भिर घाइते भएका उनको चितवन मेडिकल कलेजमा प्रारम्भिक उपचार गरिएको थियो । देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्रष्टाचार विरोधी कार्यक्रमको आयोजना गरेको थियो।

सोही कार्यक्रममा सहभागि हुन गएका शाही चढेको गाडिमाथि पूर्वमाओवादी निकट वाईसीएलले शाहीलाई निर्घात कुटपिट गरेको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । वरिष्ठ अभिवक्ता भण्डारीले वाईसीएलको आक्रमणबाट अन्य पाँच जनासमेत घाइते भएको बताउनुभयो ।

घाइते हुनेमा बाबुराम र प्रचण्डलाई हेग पुर्याउने चेतावनी दिने पूर्वबाल लडाकु लेलिन विष्ट, अभियन्ता ज्योति हमाललगायत अन्य तीन जना रहेका छन् । घाइते विष्ट काठमाडौँ फर्किएका छन् भने अन्य घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने बताइएको छ । ज्ञानेन्द्र शाहीमाथि यसअघि पनि आक्रमण भएको थियो। यसअघि, शाहीलाई नेकपाको युवा संगठनले चितवन प्रवेशमा रोक लागाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू