अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२५ | Colorodo: 21:40

विकास र समृद्धिमा जनता सहयोगी बन्नुपर्ने – उपपधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:२६ मा प्रकाशित

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिमा जनता सहयोगी बन्नुपर्ने बताउनुभएको छ । विकास निर्माणका क्रममा स्थानीय जनताको अवरोध आउने गरेकातर्फ लक्षित गर्दै उहाँले विकास निर्माणमा सरकारसँग हातेमालो गर्न आग्रह गर्नुभयो ।

काठमाडौँ महानगरपालिका–२ ले शनिबार लाजिम्पाटमा गरेको दशैँ, तिहार,छठलगायतका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री पोखरेलले विकासका काम अगाडि बढाउँदा सरकारलाई अप्ठ्यारो पर्ने गतिविधि नगर्न आग्रह गर्नुभएको हो ।

मन्त्री पोखरेलले प्रणाली परिवर्तनसँगै ऐन, कानून परिमार्जन गर्न डेढवर्षको समय लागेकाले अब सरकारको ध्यान विकास र समृद्धितर्फ गएको उल्लेख गर्नुभयो । जनताले दिने दण्ड आफूहरुलाई मञ्जुर भएको भन्दै वर्तमान सरकार अधिनायकवादी भयो भनेर आरोप नलगाउन विपक्षीलाई उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू