अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुने नेकपा अध्यक्ष प्रचण्डको भनाई

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:२३ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा विस्वस्त हुन संचारकर्मीलाई आग्रह गर्नुभएको छ । आज काठमाण्डौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक उभिएको दावी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि दोहो¥याउनुभयो । पूर्ण प्रेस स्वतन्त्रताको अर्थ अराजकता, उदण्डता होईन भन्ने कुरामा बढि ध्यान दिने काम संचारकर्मीले नै गर्नुपर्ने उहाको भनाई थियो । पत्रकारिता क्षेत्रलाई राज्यले नियन्त्रण र नियमन गर्ने भन्दा पनि पत्रकार स्वयंले आफ्ना लागि कस्ता मूल्य र मान्यता आवश्यक पर्छ ? भनेर गम्भिर भएर सोच्नुपर्ने बेला आएको पनि प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू