अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 10:34

ओली सरकार असफल सावित भइसकेको कांग्रेस सभापति देउवाको दावी

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:२३ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भइसकेको दावी गर्नुभएको छ । वडा दशैंको अवसर पारेर पार्टीले आज काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा उहाँले जनता, उद्योगी, व्यापार सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भइरहेको दावी पनि गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले व्यापारीलाई आजित बनाउने गरी कर बढाएको, जनतालाई दशैंमा सामान किनमेल गर्न समेत नसक्ने गरी महंगी बढाउने काम सरकारले गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । सभापति देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुन बनाउने प्रयास गरिरहेको आरोप लगाउनुभयो ।

सभापति देउवाले प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैह्य नहुने चेतावनी दिनुभयो । उहाँले पार्टी भित्रको अन्तरघातकै कारण निर्वाचनमा हार व्यहोर्नु परेको उल्लेख गर्दै अन्तर घात मुक्त पार्टी निर्माणमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू