अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४ | Colorodo: 06:09

इरानी राष्ट्रपतिसँग मोदीको भेटवार्ता

बिआरटीनेपाल २०७६ असोज १० गते ९:३७ मा प्रकाशित

भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति हसन रुहानीसँग भेटवार्ता गर्नुभएको छ । न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री मोदीले इरानी राष्ट्रपति रुहानीसँग भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा प्रधानमन्त्री मोदीले खाडी क्षेत्रमा शान्ति सुरक्षाका लागि कुटनीतिक पहलमार्फत अन्य राष्ट्रलाई विश्वासमा लिन सुझाव दिनुभएको बुझिएको छ ।

दुवै नेताबीच सन् २०२० मा कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठ धुमधामसँग मनाउने सहमतिसमेत भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू