अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

अमेरिकी राष्ट्रपतिमाथि महाभियोग लगाउने उद्देश्यसहितको उजुरीमाथि छानविन

बिआरटीनेपाल २०७६ असोज १० गते ९:३३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने कारण बनेको उजुरीबारे अमेरिकामा औपचारिक छानविन सुरु भएको छ । उजुरीले निम्त्याएको चिन्ता र परिणामहरुबारे अमेरिकाका एक वरिष्ठ गुप्तचर अधिकारीले पहिलो पटक आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

आन्तरिक गुप्तचर निकाय ‘नेशनल सेक्युरिटी’का निमित्त निर्देशक जोसेफ मग्वाएरले अमेरिकी प्रतिनिधिसभाको गुप्तचर समितिमा बयान दिँदै उजुरीकर्ताले राम्रो उद्देश्यका साथ कानुनको परिधिभित्रै रहेर उजुरी दिएको बताउनुभयो । त्यसक्रममा ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भएको टेलिफोन कुराकानीबारे एक गुप्तचर अधिकारीले व्यक्त गरेका चिन्ताहरूप्रति उहाँ किन मौन रहनुभयो भन्दै सांसदहरुले प्रश्न गरेका थिए ।

जवाफमा मग्वाएरले उजुरीको ब्यहोरा पहिले ह्वाइट हाउसमा दिनु पर्ने भएकोले ढिलो भएको उल्लेख गर्नुभयो । आफ्नो निवेदनमा ती उजुरीकर्ताले सन् २०२० को अमेरिकी चुनावमा विदेशी हस्तक्षेप सदर गराउन राष्ट्रपतिले आफ्नो शक्तिको प्रयोग गरिरहेको जानकारी आफूहरूले विभिन्न सुत्रहरूबाट प्राप्त गरेको उल्लेख गरेका छन् । उता, युक्रेनमा विपक्षी सांसद ओलेक्सी गोन्चारेन्कोले राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको कार्यालयमा एक निवेदन दर्ता गर्दै टेलिफोन कुराकानीको पूर्ण पाठ सार्वजनिक गर्न माग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू