अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

गण्डकी प्रदेशमा दशैंको घटस्थापनामा सार्वजनिक बिदा

बिआरटीनेपाल २०७६ असोज १० गते ९:३२ मा प्रकाशित

गण्डकी प्रदेशमा दशैंको घटस्थापना अर्थात् जमरा राख्ने दिनमा सार्वजनिक विदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले दशंैंका घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यही असोज १२ गते परेको घटस्थापनाको दिन सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

केन्द्र सरकारको निर्णयबाहेक प्रदेश सरकारलाई थप ६ दिन बिदा गराउन पाउने सुविधा अन्तर्गत घटस्थापनाका दिन विदा दिइएको हो । यसअघि प्रदेश सरकारले माघे संक्रान्ति, ल्होछार लगायतका पर्वमा पनि बिदा दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू