अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

प्रधानमन्त्री हुने कल्पना गरेको थिइनँ – ओली

बिआरटीनेपाल २०७६ असोज १० गते ९:२९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेकाले आफूले प्रधानमन्त्री हुने कल्पनै नगरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीका समकालीन प्राध्यापक केआर खम्बूको पुस्तक ‘छायाँको लस्कर’को शुक्रबार बालुवाटारमा लोकार्पण गर्दै उहाँले आन्दोलनमा लाग्दा बाँचिएला भन्नेसमेत नलाग्ने गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले गणतन्त्रको प्राप्तिसहित नयाँ संविधान, कम्युनिस्ट पार्टी एकता र अरु परिवर्तनहरु आफ्नै जीवनकालमा देख्न पाइएको जनाउँदै पञ्चायतकालमा संगठिन र सचेत प्रयासका साथ थालनी गरेर सुरु भएको आन्दोलनले आफ्नै जीवनकालमा परिवर्तन दिएको र पार्टी एकताले पूर्णता पाएकामा सन्तोष व्यक्त गर्नुभयो ।

सो अवसरमा उहाँले भूमिगतकालमा आफूले गरेका राजनीतिक गतिविधिको स्मरण गर्दै त्यसबेलाका कतिपय क्रान्तिकारी गीत, कवितासमेतलाई पुस्तकमा समेटेकोमा खम्वुलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू