अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 23:41

योद्धाहरुको उचित सम्मान गर्न सकिएन– सभापति देउवा

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:५९ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रप्राप्तीका लागि योगदान गरेका योद्धाहरुको उचित सम्मान गर्न नसकिएको स्वीकार गर्नुभएको छ ।नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री स्वर्गीय मार्शल जुलुम शाक्यको ८० औं जन्मजयन्ती एवं प्रतिमा अनावरण कार्यक्रममा सभापति देउवाले प्रजातन्त्र ल्याउन योगदान गरेका अमूल्य निधिहरु कै उचित कदर हुननसक्नु दुःखद भएको टिप्पणी गर्नुभयो ।

सभापति देउवाले जनताको अधिकार र प्रजातन्त्र प्राप्तीको लागि गरेको अतुलनीय योगदान व्यक्तिहरुको योगदानको बारे युवापुस्तालाई अवगत गराउने गरी आफुले छिट्टै विशेष योजना ल्याउने जानकारी दिनुभयो । पूर्वमन्त्री शाक्यको प्रजातन्त्र प्राप्तीको लागि गरेको योगदान विशिष्ट रहेको उहाको भनाई थियो ।

कार्यक्रममा कांग्रेस नेता ध्यानगोविन्द रञ्जितले स्वर्गीय शाक्यजस्ता अथक योद्धाहरुको नेतृत्व वर्गले उचित मुल्याङ्कन गर्न नसकेको गुनासो गर्नुभयो । ओम बहालको मिमनमी बहालस्थित स्वर्गीय शाक्यको निवासमा प्रतिमा स्थापना गरिएको हो । शाक्य निवाशको सोही घरमा भूमिगत समयमा नेपाली कांग्रेसका शीर्ष नेताहरुसहित राजनीतिज्ञहरुले राजनीतिक रणनीति बनाउने गरेका थिए ।

२०४७ सालको अन्तरिम मन्त्रिपरिषद्मा शाक्य वाणिज्य तथा आपूर्तिमन्त्री हुनुहुन्थ्यो । तत्कालिन राजा स्वर्गीय महेन्द्रले २०१७ सालमा प्रजातन्त्रमाथी ‘कु’ गरेपछि स्वर्गीय शाक्यले राजाको बिरुद्ध आन्दोलनमा देखाएको साहस, निडर र नेतृत्वको प्रशंशा हुने गरेको छ ।

खास नाम जुलुमकाजी शाक्य भएपनि उहाँले भूमिगत कालमा मार्शल जुलुम शाक्यको नामबाट प्रजातन्त्र प्राप्ती लागि भएको आन्दोलनमा सक्रिय रहनुभएको थियो । २०४६ सालको जनआन्दोलनपछि नेपालको राजनीतिमा शाक्य मार्शल जुलुम शाक्यकै नामबाट परिचत हुनुहुन्छ , शाक्यको जन्म बि.स.१९९६ मा जन्म भएको थियो भने बि.स.२०७४ सालमा ७८ सालको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू