अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

तोकिएकै मितिमा साग हुने मन्त्री विश्वकर्माको दाबी, १५ समिति गठन

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:५५ मा प्रकाशित

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद समयमै हुने दाबी गर्नुभएको छ । मंसिरमा आयोजना हुने तय भए पनि पूर्वाधारका कारण समयमै हुने वा नहुने अड्कलबाजी भइरहेका बेला मन्त्री विश्वकर्माले समयमै हुने दाबी गर्नुभएको हो ।

सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार बसेको साग तयारी समितिको बैठकमा मन्त्री विश्वकर्माले सागबारे अन्योलमा नबस्न आग्रह गर्नुभयो ।मन्त्रिपरिषदबाट साग कार्यबिधी पारित भइसकेको अवस्थामा साग तोकिएकै मितिमा हुने उहाँको भनाई थियो । १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुने यसअघि तय भइसकेको थियो ।

आजको बैठकले साग तयारीबारे विभिन्न १५ समिती बनाएको छ । जसमा राष्ट्रिय टिम तयारी, खेलस्थल व्यवस्थापन, प्राविधिक, स्रोत साधन परिचालन, सुरक्षा, आवास व्यवस्थापन, यातायात व्यवस्थापन, स्वास्थ्य, प्रचारप्रसार तथा प्रकाशन समिति, समारोह समिति, स्वयंसेवक परिचालन, अनुगमन, निरीक्षण तथा मूल्यांकन, अतिथि सत्कार, खेलसामग्री, उपकरण तथा पोशाक व्यवस्थापन र एन्टि डोपिङ्ग समिति छन् । समितीसँगै काम कारबाही तिव्र गतिमा बढ्ने साग तयारी समितीको अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू