अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

कृषि विकास बैंक ह्याक प्रकरणः स्याङ्जाबाट थप एकजना समातिए, काठमाडौं लगिदैं

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:५५ मा प्रकाशित

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा अर्का एकजना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार स्याङ्जाबाट रामकृष्ण भुसाल पक्राउ परेका हुन् । भुसाल स्याङ्जा वालिङका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई स्याङ्जाबाटै पक्राउ गरेको हो । एसएसपी थापाका अनुसार उनी प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोप्राइटर हुन् । उनको खातामा ६५ लाख रुपैयाँ कृषि विकास बैंकको लहान शाखाबाट पठाइएको भेटिएको बताइएको छ ।

काठमाडौं ल्याएर उनीसँग विस्तृत बयान लिइने प्रहरीले बताएको छ । यसअघि प्रकरणमा संलग्न १२ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू