अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 02:31

३४ वर्षीया दावा फुटी स्पेनको राजदूत नियुक्त

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:४७ मा प्रकाशित

स्पेनका लागि आवासीय राजदूतमा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा नियुक्त हुनुभएको छ । राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी एक विज्ञप्तिले स्पनेका लागि नेपालको आवासीय राजदूत पदमा ३४ वर्षीया शेर्पाको नियुक्ति जनाएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दावा फुटी शेर्पालाई नियुक्ति गर्नुभएको हो । संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाइबाट अनुमोदन भएकी शर्पालाई एग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नुभएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू