अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

स्पेनिस ला लिगा– रियाल मड्रिडद्धारा ओसासुना पराजित, अंक तालिकामा मड्रिडको अग्रता

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:३३ मा प्रकाशित

ओसासुनालाई हराउँदै रियाल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडले ओसासुनालाई २–० ले हरायो । रियाललाई विजयी गराउन भिनीसीएस जुनियर र रोड्रीगोले एक एक गोल गरे ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको रियाल मड्रिडले ६ खेलबाट १४ अंक जोडेको छ । ओसासुनाको ६ खेलमा ७ अंक रहेको छ । रियाल मड्रिड एथ्लेटिको मड्रिडलाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । एथ्लेटिकोले ६ खेलबाट १३ अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू