अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

आईसीसी टी–ट्वान्टी वरियतामा नेपाल एक स्थान तल, कप्तान खड्का भने यथावत

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:३० मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका ३ खेलाडीले स्थान बनाएका छन् । आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका छन् ।

नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी अटाएका छन् । वरियताको अलराउण्डरतर्फ कप्तान पारस २७ औं स्थानमा यथावत रहनु भएको छ । कप्तान पारसले ९० रेटिङ अङ्क प्राप्त गर्नुभएको छ । यस्तै अलराउण्डरतर्फ ४९ रेटिङ अङ्क पाउनुभएका नेपालका सोमपाल ६७ औं स्थानमा यथावत रहनुभएको छ ।

यस्तै ब्याटिङतर्फ कप्तान पारस ४ सय १७ रेटिङ अङ्क सहित ६६ औं स्थानमा रहनुभएको छ । बलिङको वरियतामा सोमपाल र बसन्त अटाएका छन् । ३ सय ९१ रेटिङ अङ्क पाएका सोमपाल एक स्थान झर्दै रहदै ७८ औं स्थानमा र ४ सय ११ रेटिङ अङ्क सहित बसन्त एक स्थान तल झर्दै ७३ औं स्थानमा रहनुभएको छ ।

आईसीसीको टिमको टी–ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ । एकदिवसीयमा एक स्थान तल झर्दै नेपाल १७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया