अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

प्रमोदको स्वर, नृपेशको शब्द संगीतको भिडियोमा अञ्जलि र हिमांशु

सामुयल कैनी २०७६ असोज ९ गते ९:३१ मा प्रकाशित

नृपेश उप्रेतीले विगत लामो समय देखि युकेमा बसेर नेपाली गीत सङ्गीत, साहित्य र पत्रकारितामा आफ्नो कलम चलाउँदै आएका छन् । गीतकार , गजलकार र सङ्गीतकारका रूपमा आफ्नो परिचय बनाएका उप्रेतीका गीत र गजल सोर्ता र दर्शक माझ लोकप्रिय छन्। नेपाली गीत सङ्गीतलाई मनै देखि माया गर्ने उप्रेतीले दसैँ तिहारको रमाइलो मौसमलाई अझै रमाइलो बनाउनको लागि “ज्यानमाया” बोलको गीत सार्वजनिक गरेका छन्।

लोक आधुनिक गीतको समिश्रण “ज्यानमाया” डान्सिङ प्याटर्नको गीत हो। यस गीतमा स्वर लोकप्रिय गायक प्रमोद खरेलको छ भने नृपेश उप्रेतीको शब्द र सङ्गीत रहेको छ। गीतको सङ्गीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका हुन्।

“ज्यानमाया”को म्युजिक भिडोयोमा पछिल्लो समय गलबन्दी गीतका कारण चर्चामा रहेकी नायिका अञ्जलि अधिकारीको साथमा टिकटकबाट चर्चित बनेका हिमांशु कार्कीले अभिनय गरेका छन्। प्रवीण थापाको निर्देशन गरेको म्युजिक भिडियोलाई, वासु बरालले छायाङ्कन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन्।

यस गीतबाट आफू निकै आशावादी रहेको र दर्शक श्रोताबाट राम्रो प्रतिक्रियाको अपेक्षा राखेको गीतकार उप्रेतीले बताएका छन् । खुसी इन्टरप्राइजेज प्रस्तुति “ज्यानमाया” ह्वाइट मिडियाले निर्माण तथा उत्पादन गरेको हो ।

 

प्रतिक्रिया