अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

एनआरएनए आइसिसीको हितमा लाग्दै आएका डा. पौडेल महासचिवको चर्चित उम्मेदवार

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:०३ मा प्रकाशित

अमेरिकी नेपाली समुदायमा सबैले चिनिएका डा. केशव पौडेल पेसागत रूपमा वरिष्ठ चिकित्सक मात्र होइन त्यो भन्दा बढी एनआरएन अमेरिकाको लोकप्रिय नेताको रूपमा चिनिन्छ । एनआरएन अमेरिकामा दुई कार्यकाल सफल नेतृत्व गरिसकेका डा. पौडेल अमेरिकाको न्यु मेक्सिको स्थित लबलेस मेडिकल अस्पतालको डाइरेक्टरको रूपमा कार्यरत छन् । नेपालमा भूकम्प गएको बित्तिकै चिकित्सकको टोली लिएर नेपालको सेवामा जुट्ने डा. पौडेल पहिलो चिकित्सकको रूपमा चिनिन्छ । त्यतिखेर उनी एनआरएनए अमेरिकाको अध्यक्ष थिए । आफूले सिकेको र जानेको ज्ञान सहितको सेवा दिन डा. पौडेल त्यतिखेर नेपाल पुगेका थिए ।

एनआरएनएमा लामो समय देखि लाग्दै आएका डा. पौडेल अमेरिकाको सफल नेतृत्व पछि यस पटक आगामी अक्टोबर १५ देखि १७ तारिख सम्म काठमाडौँमा हुन लागेको आइसिसीको सम्मेलनमा महासचिव पदमा उम्मेदवारी दिने भएका छन । एनआरएन आइसिसीमा अहिलेसम्म व्यापारीहरूले मात्र पद ओटदै आइरहेको बेला यस पटक स्वस्थ्य क्षेत्रको वरिष्ठ चिकित्सक डा. पौडेललेको उम्मेद्धरिले बजारमा नयाँ चर्चा चल्न थालेको छ । ‘चिकित्सक पेसा गर्दे गर्दा ४ वर्ष एनआरएन अमेरिकामा नेतृत्व गरेको अनुभवको आधारमा अब एनआरएनए आइसिसीलाई विश्वभरिको नेपालीको भावना अनुरूप उदाहरणीय संस्था बनाउनका लागी महासचिवको जिम्मेवारीको लागी तयार भएको छु’ । डा. पौडेलले बिआरटी नेपाललाई बताए ।

‘बिरामी जाँच्ने काम गर्छु सङ्गैका चिकित्सकहरुसग म्यानेजेरियलको भूमिकासँगै नेपाल र नेपालीको हितमा केही गदै आएको छु र थप गर्ने योजना रहेको छ’ । उनले भने— ‘अमेरिकामा आएर पनि मेडिकलको क्षेत्रमा लिडरसिप लिन खोज्यो भने गर्न सकिन्छ भन्ने लाग्यो । अहिले आफू जस्तै धेरै डाक्टरहरूको सुपरभाइज गर्ने जिम्मेवारी मेरो काँधमा रहेको छ यो सँगै प्रवासी नेपाली र नेपालको हितमा सबै व्यवस्थापन गर्ने क्षमता मसँग छ’ । डा. पौडेलले थपे । अहिले ५० जना चिकित्सकहरू समेत डा. पौडेलले नेतृत्व गरिरहेका छन् । अमेरिकी चिकित्सा क्षेत्रमा त्यो पदमा पुग्ने संभवत उनी पहिलो नेपाली हुन सक्छ ।

एनआरएनए अमेरिकामा डा. पौडेल नेतृत्वको कार्यकालमा नेपालमा भूकम्प गएको बित्तिकै चिकित्सक टोली लिएर नेपालमा उपचार सहयोग गर्नु साथै आर्थिक सहयोग, बाढी पहिरोलाई आर्थिक सहयोग, अमेरिकामा पहिलो विज्ञ सम्मेलन, प्रवासमा नेपाली भाषा संस्कृति जगेर्ना गर्नेका लागी विभिन्न राज्यहरूमा नेपाली पाठशाला खोल्ने कार्य, उनले कोलोराडो लगायत अन्य स्टेटमा बन्न लागेको नेपाली कम्युनिटी सेन्टरको लागी आर्थिक सहयोग, अमेरिकाको मूलधारको राजनीतिमा जाने तर्फ प्रोत्साहन जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू गरेका थिए ।

तनहुँ जिल्लाको व्यास नगरपालिका ९ सिस्नेरीमा जन्मेका डाक्टर पौडेलले एस एल सी झिनुवाटारको महिन्द्र माविबाट दिएका थिए भने उच्च अध्ययन मेडिकल कलेजमा गरी ४ वर्ष शिक्षण अस्पतालमा स्वस्थ्य सेवामा लागेका थिए । त्यहाँ कार्यरत हुँदा उत्कृष्ट चिकित्सकको पुरस्कार पाएपछि सन २००५ मा न्युर्योकस्थित अप स्टेट न्युयोर्कबाट एमडि र त्यसपछि टेनेसिबाट एमविएको अध्ययन पुरा गरेका थिए ।

त्यस लगतै सुनी अप स्टेट मेडिकल युनिभर्सिटीमा सहायक प्राध्यापकको रूपमा ४ वर्ष अध्ययपन सके लगतै डा. पौडेल सन २०१४ देखि न्युमेक्सिको स्थित लबलेस हेल्थ सिष्टम अस्पतालको मेडिकल डाइरेक्टरको रूपमा कार्यरत छन् । त्यहाँ काम गर्ने क्रममा हस्पिटलले डा. पौडेललाई उत्कृष्ट चिकित्सकको रूपमा हेल्थ केयर हिरो अवार्डबाट सम्मानित गरेको थियो । चिकित्सक क्षेत्रमा लामो अनुभव बोकेका डा. पौडेल अमेरिकन चिकित्सकहरूको संस्था सोसाइटी अफ हस्पिटल मेडिसिन न्यु मेक्सिको समेत अध्यक्ष हुन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू