अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

नेपाली खेलाडी पारखी राईले पाए अन्तर्राष्ट्रिय कराते रेफ्रीको जिम्मेवारी

बिआरटीनेपाल २०७६ असोज ९ गते ८:४८ मा प्रकाशित

अमेरिका आएर न्युयोर्कमा कराते सिकेर करातेको प्रशिक्षक बनेका पारखी राईले ठुलो सफलता मिलेको छ । न्युयोर्कस्थित इन्टरनेशनल मार्सल आर्टस एसोसिएसन कराते डोजोका प्रशिक्षक पारखी राईलाई विश्व कराते महासङ्घ -डब्लुकेएफ) ले विश्वभरि हुने कराते प्रतियोगिताको निर्णायक – रेफ्री ) को रूपमा जिम्मेवारी दिएको छ । प्रशिक्षक राई कराते महासङ्घ अन्तर्गत करातेको काता र कुमिते दुवै तर्फको विश्वभर हुने कराते प्रतियोगितामा अब निर्णायक बन्न पाउने भएको छ । उनी यस अघि अमेरिकाभरिमा हुँदै आएको कराते प्रतियोगितामा निर्णायकको भूमिका निभाउँदै आएका थिए । अमेरिकामै कराते सिकेर यो तहमा पुग्ने उनी संवत् पहिलो नेपाली हुन ।

अमेरिकामा आएर कराते सिकेका राईले हालै इक्वेडरको ग्वायतुरमा सम्पन्न पान अमेरिकन कराते च्याम्पियनसिपको बेला अन्तर्राष्ट्रिय स्तरको निर्णायकको लागी काता र कुमुते दुवै तर्फको परीक्षा पास गरेर यो सफलता हात पारेको हो । निरन्तर खेलमा लाग्दै आउने क्रममा उनले चार वर्ष अगाडि युएसए कराते महासङ्घको राष्ट्रियस्तरको काता र कुमुते दुवै तर्फको निर्णायकको लाइसेन्स लिएका थिए ।

सोलुखुम्बुको माप्य दुधकोशि गाउँ पालिका वाडन २ राप्छामा जन्मिएका राईले ३२ वर्षको उमेरमा न्युयोर्कमा आएर कराते सिकेका थिए । सन् २००८ मा आफ्ना दुई छोराहरूलाई लिएर उनी त्यतिखेर ज्याक्सन हटाइस्थित इन्टरनेश्नल मार्सल आर्ट एसोसिएसनमा कराते सिक्न गएका थिए । मेहनत र लगनशीलतासँगै राईले आफू मात्र होइन सँगै खेल्न गएका दुई छोरालाई पनि करातेको राम्रो खेलाडी बनाए । यसको साथै खेलप्रतिको नियमित लगाव र मेहनतकै कारण उनले जुन डोजोमा कराते सिकेका थिए त्यही प्रशिक्षक बने त्यसपछि डोजो समेत आफैले किनेर मालिक बनेका छन् । करातेमा तेस्रो डान प्राप्त गरेका उनी अहिले घरपरिवारसँगै दैनिक रूपमा ट्याक्सी कुदाउँछन् र बचेको समयमा कराते सिकाउँदै आउने क्रममा प्रशिक्षक र रेफ्री बन्न सफल भएका छन् । ‘ मैले पाएको यो सफलताले थप जिम्मेवारी बोध गराएको छ ‘ प्रशिक्षक पारखीले भने-‘ अब जीवन भरिनै यही खेलमै समर्पित रहनेछु ‘ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू