अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 21:48

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ स्वदेश फिर्ता

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:४० मा प्रकाशित

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ बुधबार स्वदेश फर्किनुभएको छ । सी चिनफिङ विचाधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीचको विचारात्मक छलफल कार्यक्रममा सहभागी भएर उहाँ बुधबार चीन फर्किएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कुल विभाग उपप्रमुख वेदुराम भुसाल र रिजालले बिदाइ गर्नुभएको थियो । कार्यक्रममा सोङ सहित चिनियाँ कम्युनिस्ट पार्टीका १४ जना नेता सहभागी भएका थिए ।

नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उहाँ सोमबार नेपाल आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू