अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

आजदेखि फरक प्रकारको १०० को नयाँ नोट बजारमा

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:३३ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहित आजदेखि १०० को नयाँ नोट चलन चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत नं ओ / १८०००००१ देखि क/ ३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याएको हो।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै “लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध” अग्रेजीमा लेखिएको नयाँ नोट प्रचलनमा ल्याउने भएको हो। पहिलो पटक ३ करोड थान (३ अर्ब रुपैयाँ)का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू