अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

अमेरिकाबाट प्रधानमन्त्री जोन्सन स्वदेश फिर्ता , राजीनामा माग

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:२८ मा प्रकाशित

संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन अमेरिका पुगेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन स्वदेश फर्कनुभएको छ । मंगलबार बेलायतको सर्वोच्च अदालतले प्रधानमन्त्री जोन्सनको संसद निलम्बनको निर्णय गैरकानुनी भएको र प्रधानमन्त्रीले कानुनको उल्लंघन गरेको ठहर गरेपछि उहाँ बुधबार स्वदेश फिर्ता हुनुभएको हो ।

बुधबार संसदले उहाँको निर्णय गैरकानुनी भएको ठहर गरेपछि विपक्षी दलले भने उहाँको राजीनामा माग गरेका छन् । तर, प्रधानमन्त्री जोन्सनले भने विपक्षी सांसदको राजीनामा मागको विषय अस्वीकार गर्नुभएको छ । विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनले बुधबार राजीनामा दिनुपर्ने बताउनुभएको थियो ।

विपक्षी सांसदहरुले अक्टोबर ३१ मा बिना सम्झौता संसदबाट बाहिरिने जोन्सनको निर्णयलाई रोक्न जोन्सनले राजीनामा दिनुपर्ने माग गरेका छन् । अक्टोबर ३१ मा प्रधानमन्त्री जोन्सनले बिना कुनै सम्झौता युरोपियन युनियनबाट बाहिरिने घोषणा गरेपछि विपक्षी सांसदहरुले त्यसको विरोध गरेका थिए । त्यस्तै उहाँको उक्त प्रस्ताव संसदबाटै विफल पारिएको थियो ।

अदालतको आदेशपछि बेलायतको संसद बुधबार स्थानीय समयअनुसार ११. ३० बजे फेरि बस्ने भएको छ । हाउस अफ कमन्समा प्रधानमन्त्री जोन्सन अल्पमतमा हुनुहुन्छ । प्रधानमन्त्री जोन्सनले अदालतलको आदेशपछि आफूले आदेशको सम्मान गर्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री जोन्सनले अक्टोबर ३१ मा हुने बेलायतको बर्हिगमनमा सांसदहरुले अवरोध गर्नसक्ने भएकोले संसद निलम्बन गरेको भन्दै राजनीतिक विश्लेषकहरुले आलोचना गरेका थिए । तर, जोन्सनले भने अक्टोबर १४ मा हुने महारानी एलिजावेथको सम्बोधन र मुलुकमा नयाँ नीति बनाउनका लागि समय आवश्यक पर्ने भएकोले संसद स्थगित गरेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू