अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

स्पेनिस लिग फुटवल– भियारियालमाथि बार्सिलोनाको संघर्षपूर्ण जित, लियोनल मेस्सी घाइते

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:२८ मा प्रकाशित

स्पेसिन लिग फुटबलमा बार्सिलोनाले भियारियाललाई २–१ ले हराएको छ । गएराति भएको खेलमा बार्सिलोनालाई विजयी गराउन एन्टोनियो ग्रिजम्यान र अर्थरले एक एक गोल गरे । खेलमा भियारियालका सान्टि काजोर्लाले एक गोल फर्काएका थिए ।

उक्त खेलमा बार्सिलोनाका अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सी घाइते भएका छन् । बार्साका लागि ४ सयौं खेल खलिरहँदा मेस्सीको तिघ्रामा चोट लागेपछि दोस्रो हाफ सुरु हुँदा उनले मैदान छाड्नुपरेको थियो । मेस्सीको चोटले बार्सिलोना भने थप समस्यामा परेको छ ।

ला लिगा फुटबलका अन्य खेलहरुमा रियाल बेटिसले लेभान्तेलाई ३–१ ले हराउँदा रियाल भालाडोलिड र ग्रानाडाले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू