अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४९ | Colorodo: 17:04

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:२४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । डेमोक्रेट्स सांसदहरुले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु गरेका हुन् । उनीहरुले राष्ट्रपति ट्रम्पविरुद्ध युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेस्कीसँग एक जना नेतामाथि लागेको भ्रष्टाचारको मुद्धाको छानविन गर्न दवाव दिएको आरोप लगाएका छन् ।

तर उनीहरुको आरोपको राष्ट्रपति ट्रम्पले खण्डन गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीका बारेमा युक्रेनका राष्ट्रपतिसँग छलफल भएपनि कुनै दवाव नदिएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्पमाथि अमेरिकी संविधानको उल्लंघन गरेको आरोप पनि लगाइएको छ । राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाएर पदच्यूत गर्न रिपब्लिकन सांसदहरुको मत पनि आवश्वक पर्छ ।

अमेरिकामा अहिलेसम्म कुनै पनि राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाइएको छैन । राष्ट्रपति ट्रम्पले भने महाअभियोग प्रक्रियामा जानुलाई राजनीतिक रुपमा सकारात्मक भएको प्रतिक्रिया दिएको बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू