अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन – कांग्रेस प्रमुख सचेतक खाँण

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:२४ मा प्रकाशित

नेपाली कांग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताउनुभएको छ । चितवनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली जनताले कम्युनिस्ट शासन ल्याउन भोट नहालेको स्पष्ट पार्नुभयो ।

नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै सचेतक खाँणले चीनमा जनताले मतदान गर्न नपाउने उल्लेख गर्नुभयो । सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाउँदै उहाँले चिनियाँ राजनीति भित्र्याए स्वयं कम्युनिस्टलाई नै घातक हुने चेतावनी दिनुभएको छ ।

सरकारले मिडियालाई अङ्कुशमा राख्न मिडिया विधेयक पास गर्न खोजेको भन्दै कांग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने खाँणको भनाई थियो । पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने भन्दै उहाँले लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली कांग्रेस रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू