अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

खेलकुद राष्ट्रको पहिचान– प्रचण्ड

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:२१ मा प्रकाशित

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दै गएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले समाजलाई अनुशासित र मर्यादित बनाउन पनि खेलकुद क्षेत्रको भूमिका विश्वव्यापी रुपमै बढदै गएको स्पष्ट पार्नुभयो । बुधबार काठमाडौंमा आयोजित ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गर्दै उहाँले केही वर्षयता नेपालमा खेलकुद क्षेत्रमा राम्रो सुधार र प्रगति हुँदै आएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो ।

नेपालमा पनि केही वर्षयता खेलकुद क्षेत्रमा निकै राम्रो सुधार र प्रगति हुँदै आएको उल्लेख गर्दै प्रचण्डले देशभित्र र देश बाहिर हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताले मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा अगाडि बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले निकट भविष्यमै नेपालमा आयोजना हुने १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारी कार्यलाई सरकारले प्राथमिकता दिइरहेको पनि बताउनुभयो ।

खेलकुद क्षेत्रले राष्ट्रको पहिचान, सभ्यता र संस्कारलाई चिनाउन तथा राष्ट्रबीचको भाइचारा सम्बन्ध वृद्धि गर्न रणनीतिक भूमिका निर्वाह गर्दै आएको उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू