अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

कृषि विकास बैंकको रकम चोरी प्रकरणमा पक्राउ परेका १२ व्यक्ति सार्वजनिक

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:२१ मा प्रकाशित

प्रहरीले कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको छ । प्रहरीले बुधवार पत्रकार सम्मेलन गर्दै चोरीमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटका ४३ वर्षिय लवाङ तामाङ, रसुवाकी ४० वर्षिया लक्ष्मी लामा तामाङ, काठमाडौं तार्केश्वरका २६ वर्षिय संजय घले रहेका छन् । यस्तै, रसुवाकी २० वर्षिया निर्मला तामाङ, सर्लाहीका ४२ वर्षिय पुष्पराज खड्का, लमजुङका २३ वर्षिय विद्यासागर लामिछाने, तनहुँका ३८ वर्षिय श्रवण कुमार श्रेष्ठ, भक्तपुरकी ३२ वर्षिया सुनिता श्रेष्ठ, कैलालीका २२ वर्षिय विजय साह र ४५ वर्षिय चन्द्र बहादुर बुढालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

यससँगै प्रहरीले एक भारतीय नागरिकलाई समेत पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, भारतको कलकता घर भएका शुबन्कर पन्जालाई नियन्त्रणमा लिइएको हो । उनीहरूको साथबाट ४० लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

????????????????????????????????????

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू