अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०५ | Colorodo: 14:20

साफ यु–१८ च्याम्पियनसीप, नेपाल समूह चरणबाटै बाहिरियो

बिआरटीनेपाल २०७६ असोज ७ गते ९:२० मा प्रकाशित

साफ १८ वर्ष मुनिको च्याम्पियनसिप फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालमा नै जारी तेस्रो संस्करणको समूह चरण अन्तर्गत आज भुटान र माल्दिभ्सले गोल रहित बराबरी खेल्दै अंक बाडेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । समूह ‘बी’ मा रहेको नेपाललाई सेमिफाइनलमा पुग्न भुटानले ३–० को जित निकाल्नु पर्ने आवश्यकता रहेको थियो ।

तर, दोस्रो रोजाईका १० खेलाडी सहित मैदान उत्रिएको भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल बाहिरिएको हो । नेपाल बाहिरिनुको मुख्य कारण भुटानसँगको लजास्पद हार व्यहोर्नु हो । पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो खेलमा भुटानसँग ३–० को हार व्यहोरेको थियो ।

प्रतिक्रिया