अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

काश्मीरमा ६.३ म्याग्निच्यूडको भूकम्प, कम्तीमा पाँचको मृत्यु, ७६ घाइते

बिआरटीनेपाल २०७६ असोज ७ गते ९:२० मा प्रकाशित

पाकिस्तानको क्षेत्र काश्मीरमा ६.३ म्याग्निच्यूडको भूकम्प जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्। पाकिस्ताको राजधानी इस्लामाबादबाट १३४ किलोमिटरको दूरीमा पाकिस्तान अधिकृत क्षेत्र काश्मीरको मीरपुर केन्द्रविन्दु भएको भूकम्प गएको भारतीय तथा पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।

रिपोर्टका अनुसार भूकम्पको केन्द्र ४० किलोमिटरको गहिराइमा रहेको छ भने दिउँसो ३ बजेको समयमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो। भकम्पले मीरपुरबो सडक चीराचिरा परेको छ भने सवारी साधन गुडिरहेकै अवस्थामा रोकिनु परेको छ । त्यहाँका स्थानीयहरुले सामाजिक सञ्जालमा भूकम्पले भत्काएको सडक र घरहरुको तस्बिर सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरिरहेका छन्।

यता, भूकम्पको धक्का उत्तरी भारतको आसपास क्षेत्रमा समेत महसुस गरिएको छ। यस्तै भूकम्पमा घाइते भएकाहरुलाई अस्पतालमा भर्ना गरिएको छ जहाँ उनीहरुको अवस्था निक्कै गम्भीर रहेको बताइएको छ। मर्नेको संख्या बढ्न सक्ने बताइएको छ। पाकिस्तान सरकारले भूकम्पबाट क्षतिग्रस्त क्षेत्र मीरपुरमा तत्काल सेना परिचालन गरेको छ।

भुकम्प पीडितहरुलाई एनडीएमए तथा पीडीएमएले उद्दारको काम सुरु गरिरहेका छन्।’ भूकम्पबाट भएको क्षतिको विवरण र सूचना संकलन सुरु गरिएको छ । यता, राष्ट्रिय भूकम्प विज्ञान केन्द्र एनसीएसका प्रमुख जे एल गौतमले भूकम्पको केन्द्र भारत–पाकिस्तान सीमा निकट क्षेत्रमा रहेको बताएका छन्। भूकम्पको केन्द्र सबैभन्दा नजिक रावलपिण्डी (पाकिस्तानको पन्जाब प्रान्तमा) पर्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू