अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

ईन्डोनेसियामा प्रदर्शनकारीले भवनमा आगो लगाए, कम्तिमा १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असोज ७ गते ९:१७ मा प्रकाशित

इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा प्रदर्शनकारीले स्थानीय शहरका भवनमा आगजनी गर्दा कम्तिमा १६ जनाको ज्यान गएको छ । प्रदर्शनमा सहभागीहरु अधिकांश हाइस्कूलका विद्यार्थी हुन् । उनीहरुले स्थानीय शहर वामेनाका भवनमा आगजनी गर्दा धेरै मानिस घाइते भएका छन् । आगजनी भएको भवनमा फसेकाहरुको ज्यान गएको हो ।

स्थानीय शिक्षकले विद्यार्थीमाथि गरेको रंगभेदी टिप्पणीका कारण प्रदर्शन भएको थियोे । आगजनी बाहेकका फरक घटनामा पपुवाको राजधानी जयपुरामा ४ जनाको ज्यान गएको जनाइएको छ । पपुवामा यस्तो खालको हिंसा बारम्बार हुने गरेको छ । गत अगस्टमा रंगभेदी टिप्पणीकै कारण हप्ता दिनभन्दा बढी समय तनावको अवस्था सिर्जना भएको थियो ।

इन्डोनेसिया सरकारले पपुवा र पश्चिम पपुवा गरी दुई प्रान्तमा विभाजित पपुवा इन्डोनेशियाको एकीकृत भाग बताउने गरेको छ । संयुक्त राष्ट्रसंघले पनि त्यसलाई मान्यता दिएको छ । तर पापुआका धेरै बासिन्दाले सो विचारसँग सहमति जनाउँदैनन् । नेदरल्याण्डसको उपनिवेशमा रहेको पपुवा सन् १९६१ मा स्वतन्त्र घोषित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू