अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

शिक्षकको लागि छुट्टै अस्पताल माग

बिआरटीनेपाल २०७६ असोज ७ गते ९:१२ मा प्रकाशित

शिक्षकहरुले आफनो उपचारको लागि छुट्टै अस्पताल माग गरेका छन् । नेपाल शिक्षक महासंघ, राष्ट्रिय कार्य समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘शिक्षक अस्पताल’ माग गरेको हो ।

महासंघका अध्यक्ष बाबुराम थापाले आर्मी अस्पताल, नागरिक अस्पताल भएजस्तै शिक्षकहरुको लागि पनि छुट्टै अस्पताल हुनुपर्ने बताउनु भयो । महासंघले शिक्षकहरुको दरबन्दी मिलान, उनीलाई निजामती कर्मचारीहरुको भन्दा बढी सेवा, सुविधासहितको तलवको व्यवस्था गर्न सरकारलाई दवाब दिएको छ ।

शिक्षण पेशालाई मर्यादित बनाउन सरकारले उनीहरुको सेवा, सुविधा वृद्धिमा विशेष व्यवस्था गर्नुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिइएको अध्यक्ष थापाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू