अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रतिवद्ध– उपप्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ असोज ७ गते ९:१० मा प्रकाशित

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने कामको नेतृत्व आफूले गर्ने दावी गर्नुभयो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । तर त्यसका लागि व्यवसायीले समाधानको उपाय सरकारसँग आउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ । उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगार व्यवसायीको मनमा केही चोट परेको भए त्यसमा मलम लगाउने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू