अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

नवलपरासीमा सवारी दुर्घटना, ५ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७६ असोज ७ गते ९:०७ मा प्रकाशित

पूर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर, कैलाली जिल्लाका सुरज राना मगर, देबचुली नगरपालिका वडा नम्वर १० पृथ्वीनगरका दिपेश राना र हिरा राना रहेको खुलेको छ ।

गएराति १०. १५ बजे खरकट्टा जंगल स्थित पूर्व—पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नंम्बरको कार एक आपसमा ठक्कर जाँदा कारमा सवार पाँचै जना गम्भिर घाईते भएका थिए । उनीहरुको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा बिहान १.१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । ट्रक र कार प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू