अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

गजल सङ्ग्रह ‘नलाएको माया’ सार्वजनिक

बिआरटीनेपाल २०७६ असोज ६ गते ९:०१ मा प्रकाशित

काठमाडौँ— गलकार सुविद गुरागाईंको गजल एल्बम ‘नलाएको माया’ शनिवार काठमाडौँमा लोकार्पण गरिएको छ ।

माता परिवारको निर्माणमा तयार पारिएको उक्त गजल एल्बम माता इन्द्रमाया पौडेल, अग्रज गलकार बूद राना, अग्रज गीतकार तथा कवि दिनेश अधिकारी, गजलकार रवि प्राञ्जल, राष्ट्रियसभा सदस्य विमला पौडेलले लोकार्पण गरेका हुन् ।

कार्यक्रममा वरिष्ठ गायक उदय सोताङ, गायक–गायिकाहरू सञ्जीव धिमाल, निरा रानाभाट, बबिना भट्टराई, अस्मिता अधिकारी, श्रेय अगस्तीले गजलगो गुरागाईंका शब्दहरूमा प्रत्यक्ष गायन प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा गायक सत्यराज आचार्यको स्वरमा तयार पारिएको गजल ‘नलाएको माया’ को म्युजिक भिडियो प्रिमियर गरियो । उक्त भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा गायक सत्यराज आचार्य, अभिनेत्री लक्ष्मी बर्देवा तथा मोडल जोर्डन राजभण्डारीको अभिनय रहेको छ ।

विपिन किरणद्वारा सञ्चालित उक्त विमोचन कार्यक्रममा गजलगकारहरु डा. घनश्याम न्यौपाने परिश्रमी, धीरेन्द्र प्रेमर्षि, सुरेश सुवेदी लगायतले नेपाली गजलको साङ्गीतिक विकासक्रम र गुरागार्इंको गजलकारिताबारे विशेष चर्चा गरेका थिए । उक्त एल्बमलाई किरण क्रियसन बजार व्यवस्थापन गरेको छ ।

नलाएको मायाको भिडियो यस्तो छ:

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू