अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

इंग्लिश प्रिमियर लिग – लिभरपुलसँग चेल्सी पराजित, एस्टन भिल्लामाथि आर्सनलको जित

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:४३ मा प्रकाशित

इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हराएको छ । गएराति चेल्सीको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुल २–१ ले विजयी भयो । खेलमा लिभरपुलका लागि अलेक्जेण्डर आर्नोल्ड र रोबर्टो फर्मिनोले एक–एक गोल गरे । चेल्सीका एन्गोलो कान्टेले एक गोल फर्काए । जितसँगै लिभरपुलले प्रिमियर लिग फुटबलको जारी सिजनमा आफ्नो शत प्रतिशत विजय यात्रा जारी राखेको छ ।

गएराति भएको अर्को खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–२ ले हराउँदा क्रिष्टल प्यालेस र वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरी खेलेका छन् । म्यान्चेस्टर युनाइटेड भने गएराति पराजित भएको छ । उसलाई लण्डन क्लब वेष्ट ह्याम युनाइटेडले २–० ले हराएको हो । हारपछि म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गुना सोल्सायरमाथिको दबाब झनै बढेको छ ।

गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ६ खेलबाट १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । १३ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटी, चौथो स्थानको आर्सनल तथा पाँचौ स्थानको वेष्ट ह्याम युनाईटेडको समान १–१ अंक छ ।

प्रतिक्रिया