अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 12:39

ओलीले देशलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाए– सभापति देउवा

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:४० मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई भ्रष्टाचारको काण्डै काण्डमा डुबाएको आरोप लगाउनुभएको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का बिनाप्रतिस्पर्धा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको उहाको आरोप थियो ।

नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाडौंमा विमोचन गर्दै सभापति देउवाले कांग्रेस सभापति देउवाले संविधान र कानुन विपरित बूढीगण्डकी जलविद्युत् आयोजनाको काम पनि चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै चर्को आलोचना गर्नुभयो ।

ओली सरकारले शून्य सहनशीलताका कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको उहाको दावी थियो । सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दै त्यस्ता गतिबिधी सैह्य नहुने चेतावनी समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू