अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

१ सय ४१ वर्ष पहिले हराएका दुई जहाज समुद्रमा भेटिएको अमेरिकी गोताखोरको दाबी

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:३८ मा प्रकाशित

अमेरिकाको मिशिगन राज्यको उत्तरी समुद्रमा गोताखोरले डुबेका दुईवटा समुद्री जहाज फेला पारेका छन् । विगत १० वर्ष देखि यी जहाजको खोजी गर्ने कार्य भइरहेको थियो । समुद्रमा हराएका जहाज खोजी गर्ने गोताखोर र समुद्र सम्बन्धी विज्ञ एवं इतिहासकार बर्नी हेल्सट्रेमले जहाज भेट्टाएको जानकारी दिनुभएको छ । उहाँका अनुसार दुवै जहाज समुद्र भित्र झण्डै २०० फिट तल भेटिएका हुन् । दुवै जहाज पुर्णरुपमा क्षतिग्रस्त अवस्थामा रहेको र जहाजको ढाँचा मात्रै देख्न सकिन्छ ।

हेल्सट्रेमका अनुसार १४१ वर्ष पूर्व यी जहाज सन १८७८ मा बेपत्ता भएका थिए । जहाजको नाम पेसेंटिगो र सेंट ऐंड्र्यूज रहेको थियो ।जहाज बेपत्ता हुँदा यसमा एक जना क्याप्टेनका अतिरिक्त २–२ जना ‘क्रु मेम्बर’ रहेका थिए ।

पेटसिगो जहाज १६१ फिट लामो र सेन्ट ऐंड्र्यूज १४३ फिट लामो रहेका थिए । दुवै जहाजको प्रयोग कोईला ढुवानीका लागि गर्ने गरिन्थ्यो । यस खोजी कार्यलाइ ठूलो उपलब्धि मानिएको छ । सन १८७८ मा यी जहाज दुर्घटनाग्रस्त भएर समुद्रमा डुबेका थिए, यी जहाज कुनै चट्टानसँग ठक्कर खाएर दुर्घटनामा परेको अनुमान गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू