अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

गैरसरकारी संस्थाले लक्षित वर्गलाई परनिर्भर बनाउन हुँदैन – उपराष्ट्रपति पुन

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:३८ मा प्रकाशित

उपराष्ट्रपति नन्दबहादुर पुनले गैरसरकारी संस्थाले लक्षित वर्गलाई परनिर्भर बनाउन नहुने बताउनुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ केन्द्रित हुन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघ–संस्थालाई आग्रह गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

चालिसौं सामाजिक सेवा दिवसका अवसरमा सामाजिक सेवा मूल समारोह समिति र समाजकल्याण परिषद्द्वारा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै पुनले विगतमा देशको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याए जस्तै गरी सामाजिक संघ–संस्था र अभियानकर्मीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ केन्द्रित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति पुनले केही गैरसरकारी संस्थाले राम्रो काम गरिरहेको उदाहरण भएपनि ती सामाजिक संस्थाको रकम लक्षित समुदायसम्म पुग्न नसकेको गुनासो आइरहेकाले लक्षित समुदायलाई परनिर्भरताभन्दा पनि आत्मनिर्भर बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले गैरसरकारी संस्थाको प्रभावकारी परिचालनमार्फत् देशको आर्थिक, भौगोलिक क्षेत्रका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता क्षेत्रलगायत समग्र कल्याणका क्षेत्रमा परिषद्ले योगदान पुर्याउँदै आएको बताउनुभयो ।

हाल २५० भन्दा बढी अन्तर्रा्ष्ट्रिय र ५० हजारभन्दा बढी राष्ट्रिय गैरसरकारी संस्था परिषद्मा आबद्ध छन् । कार्यक्रममा समाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू