अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

पर्वतमा बाटो नाप्ने क्रममा ढिस्कोले पुरिएर सव–ओभरसियरको मृत्यु

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:३३ मा प्रकाशित

पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा पहिरोले पुरिएर एक सव–ओभरसियरको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका–२ घर भई मध्यपहाडी लोकमार्ग आयोजनामा कार्यरत सव–ओभरसियर १९ वर्षीय कमल राईको मृत्यु भएको हो ।

सोमबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा रहेको खरेहामा बाटो नाप्दै गरेको समयमा एक्कासी माथिबाट खसेको पहिरोले पुरिएर उहाँको मृत्यु भएको हो । बिहान करिब पौने १० बजेको समयमा लोकमार्गको बाटो नापजाँच गरेका राईलाई ढिस्कोले पुरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर पश्चात् घट्नास्थल पुगेको प्रहरीले केही समयमै राईलाई उद्धार गरि जिल्ला अस्पताल पर्वतमा पु¥याएको थियो । चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । राईको शव अहिले पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू