अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१० | Colorodo: 09:25

गण्डकी प्रदेशसभा – दुई विधेयक प्रस्तुत

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:३२ मा प्रकाशित

गण्डकी प्रदेशसभाको सोमबार बसेको बैठकमा दुईवटा विधेयक प्रस्तुत भएको छ । बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले ‘गण्डकी प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गर्नुभएको हो ।

त्यस्तै सोही बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले ‘गण्डकी प्रदेश विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ प्रतिवेदनसहित सभासमक्ष प्रस्तुत गर्नुभयो ।

गत साउनको २० गते बसेको प्रदेशसभा बैठकको निर्णयअनुसार दफावार छलफलका लागि विधायन समितिमा पठाइएको सो विधेयकका सम्बन्धमा विभिन्न १० वटा बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू