अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

राजपा अध्यक्षमण्डलमा महन्थ ठाकुर

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:३० मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले सम्हाल्नुभएको छ । संयोजक ठाकुरले आजदेखि अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी लिनुभएको राजपाले विज्ञप्तिमार्फत जनाएको हो ।

राजपाको आइतबार भएको अध्यक्षमण्डलको बैठकले ठाकुरलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो । राजपाको हरेक दुई महीनामा नेतृत्व फेरिने व्यवस्थाअनुरुप ठाकुरले नेतृत्व पाउनुभएको हो । यसअघि अध्यक्षमण्डलको संयोजक राजकिशोर यादव हुनुहुन्थ्यो ।

तराई–मधेश केन्द्रित छ राजनीतिक पार्टी एकीकरण भएर गठन भएको राजपा अध्यक्षमण्डलमा सबै पार्टीका अध्यक्ष रहेका छन् । एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीअनुरुप नेतृत्व लिने राजपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू