अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७ | Colorodo: 23:52

चाडपर्वलाई लक्षित गरी असोज र कार्तिकमा विशेष सुरक्षा योजना लागू – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:२७ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले दशैं, तिहार र छठजस्ता चाडपर्वमा विगतका वर्षहरुमा भन्दा पनि शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले जनताको सबैभन्दा बढि आवातजावत हुने समय भएकाले दशैं, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर सरकारले असोज र कार्तिक दुई महिनाका लागि विशेष सुरक्षा योजना नै तय गरिएको पनि जानकारी दिनुभयो । उहाँले चाडपर्वमा हुने महिला हिंसा नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको पनि बताउनु भयो ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले २ हजार, १ हजार र ५ सय दरका भारतीय नोट नचल्ने भएकाले त्यसलाई नलिन पनि सबै नागरिकलाई सचेत गराउनु भएको थियो । नेपालमा प्रतिबन्ध लगाइएकाले ती भारतीय नोट प्रयोगमा नआउने हुनाले त्यस्ता नोट नलिन नागरिकलाई सचेत रहन पनि सचिव राईको आग्रह छ ।

बैठकमा समितिका सदस्यहरुले दशैंको टिकट बुकिङको कामलाई व्यवस्थित बनाउन पनि सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य दिलेन्द्रप्रसाद बडु, महेश्वरजंग गहतराज लगायतका सदस्यहरुले दशैंमा सवारी साधनको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू