अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५५ | Colorodo: 17:10

साउदीका राजकुमारको प्राइभेट प्लेन पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई

बिआरटीनेपाल २०७६ असोज ५ गते १०:०३ मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री इमरान खान संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन प्राइभेट प्लेनमा अमेरिका जानुभएको छ । तर उहाँ चढेको जहाज आफ्नै प्राइभेट होइन न त कुनै पाकिस्तानी नागरिकको ।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले कमर्सियल फ्लाइटमा अमेरिका जान लागेका इमरानलाई आफ्नो प्लेन दिनुभएको हो । यसअघि इमरानले दुई दिन साउदी अरबको भ्रमण गर्नुभएको थियो । साउदीबाट अमेरिका जान लाग्दा राजकुमार सलमानले आफ्ना पाहुनालाई कमर्सियल फ्लाइटमा नपठाउने भन्दै प्लेनको व्यवस्था गर्नुभएको हो राजकुमारले उपलब्ध गराएको जहाजमा प्रधानमन्त्री इमरानसँगै पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेसीलगायत राष्ट्र संघमा जाने टोली छ ।

इमरानले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम छ ।यसअघि गत साउनमा इमरान खान ३ दिने भ्रमणका लागि अमेरिका जानुभएको थियो । प्रधानमन्त्री बनेपछि पहिलो पटक अमेरिका गएका इमरानले भ्रमणका लागि कमर्सियल फ्लाइट प्रयोग गर्नुभएको थियो ।

प्रधानमन्त्री खान प्रधानमन्त्रीको सरकारी निवासमा बस्नुभएको छैन भने निवासका गाडी पनि लिलामी गर्नुभएको छ । खानका तमाम प्रयत्नका बाबजुद् पनि पाकिस्तानी अर्थतन्त्रले गति लिन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू