अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

राष्ट्रपतिले सभापति देउवाको अपमान गरेको भन्दै विरोध प्रदर्शन

बिआरटीनेपाल २०७६ असोज ५ गते १०:०२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै काँग्रेस भ्रातृ संगठन तरुण दलले विरोध गरेको छ । संविधान दिवसको दिन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवाको बोलीप्रति ब्यंग्य गरेको भन्दै तरुण दलले प्रदर्शन गरेको हो ।

माइतीघर मण्डलाबाट निकालिएको विरोध र्याली बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो । विरोध कार्यक्रमका सहभागीहरुले राष्ट्रपति भण्डारीले आफ्नो पदीय मर्यादा विर्सेर देउवालाई सार्वजनिक रुपमा हाँसोको पात्र बनाएको आरोप लगाएका थिए ।

सो अवसरमा तरुण दलका भुपेन्द्रजङ्ग शाहीले राष्ट्रपतिले उक्त अभिव्यक्ति फिर्ता लिनु पर्ने माग गर्दै त्यसो नभए राष्ट्रपति कार्यालय घेराउ गर्ने चेतावनी दिनुभयो । कोण सभाका अन्य वक्ताहरुले कम्युनिष्ट सरकार भष्ट्राचारमा लिप्त भएको, भू–माफिया र मेडिकल माफियाको चंगुलमा फसेको तथा महंगी इतिहासमै सवैभन्दा बढेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू