अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

रेडियो नेपालमा पत्रकार पुनर्बहालीको माग गर्दै महासंघको प्रदर्शन

बिआरटीनेपाल २०७६ असोज ५ गते १०:०१ मा प्रकाशित

रेडियो नेपालको दीपायल प्रशारण केन्द्रबाट हटाइएका ३ जना पत्रकारहरुको पुनर्बहालीको माग गर्दै नेपाल पत्रकार महासंघले सिंहदरबार अगाडि प्रदर्शन गरेको छ । आइतबार दिउँसो २ बजेदेखि आधा घण्टा हनुमानथानमा पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।

सरकारले राजनीतिक आस्थाका आधारमा पत्रकारहरुको रोजीरोटी खोसेको भन्दै महासंघले पुनर्बहाली नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । विरोध सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पोख्रेलले सरकारलाई पत्रकार महासंघलाई नजिस्क्याउन चेतावनी दिनुभयो । महासंघका महासचिव रमेश विष्टले विगतमा पत्रकार नै रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई आफ्नो विगतमा सडकमा सँगै संघर्ष गरेको नबिर्सन आग्ह गर्नुभयो । सरकार अलोकतान्त्रिक ढंगले अघि बढे पत्रकार महासंघ त्यसका विरुद्ध उत्रने चेतावनी दिँदै उहाँले हटाइएका पत्रकारहरुको पुनर्बहाली गर्न माग गर्नुभयो । गत साउन ३१ गते रेडियो प्रसार विकास समितिले पत्रकारहरु सुनीता रावल, प्रकाश बम र चक्र कुँवरको म्याद थप नगर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू