अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

पाकिस्तानमा एक पहाडमा बस ठोकिएपछि २६ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:५३ मा प्रकाशित

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा चालकले नियन्त्रण गुमाएपछि भएको बस दुर्घटनामा २६ जनाको ज्यान गउको छ । बस पहाडमा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी बालबालिका सहित कम्तीमा २६ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा अन्य १३ जना घाइते भएको बताईएको छ ।

दुर्घटनाबाबुसार टप एरियामा भएको हो । त्यो क्षेत्र खैबर पख्तुनख्वा प्रान्त र गिलगिट बाल्टिस्तानको सीमामा पर्छ । बस रावलपिण्डीबाट स्कार्दु शहरतिर जाँदै थियो र त्यसमा ४० जना यात्रु सवार थिए । १६ जना सैनिक पनि त्यसमा रहेको दी एक्सप्रेस ट्राइब्युनले लेखेको छ ।

घटनास्थलबाट २६ जनाको लाश बरामद गरिएको गिल्गित बाल्टिस्तानका मुख्यमन्त्रीका प्रवक्ता रशीद अर्शदले बताएका छन् । मोड काट्ने बेलामा चालकले बसबाट नियन्त्रण गुमाएका थिए र पहाडमा लगेर ठोकेका थिए । चालकले कसरी नियन्त्रण गुमाए भन्ने कुरा नखुलेको प्रहरी प्रवक्ता मोहम्मद वकीलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू