अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

घरेलु मैदानमा नेपालको लज्जास्पद हार, भुटान सेमिफाइनलमा

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:५२ मा प्रकाशित

घरेलु टोली नेपालले जारी यू–१८ साफ च्याम्पियनसिप फुटबलमा भुटानसँग लजास्पद हार ब्यहोरेको छ । समूह ए अन्तर्गत आज भएको अन्तिम खेलमा नेपालले भुटानसँग ३–० को हार ब्यहोरेको हो ।

आजको हारसँगै नेपालको सेमिफाइनलमा स्थान बनाउने सम्भावना न्यून भएको छ । विजयी भुटानले भने अन्तिम चारमा स्थान पक्का गरेको छ ।

अर्को खेलमा भुटानले माल्दिभ्सविरुद्ध फराकिलो जित निकालेमात्र नेपाल अन्तिम चारमा पुग्नेछ । हलचोकस्थित सशस्त्रको खेल मैदानमा भुटानको जितमा येशी दोर्जी, केल्जाङ जिम्मी र कर्मा सोनामले गोल गरे । ३७ औं मिनेटमा घरेलु टोलीको कमजोर डिफेन्सको फाइदा उठाउँदै येशीले भुटानलाई अग्रता दिलाएका थिए ।

उनले डिफेन्डरलाई छक्याउँदै दोस्रो पटक प्रहार गरेको बल गोलमा परिणत भएको थियो । पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफमा २ गोलको शिकार भयो । ८६ औं मिनेटमा केल्जाङ जिम्मीले भुटानको अग्रता दोब्बर बनाउँदा कर्मा सोनामले अन्तिम मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीको जित पक्का गरे । नेपालले यसअघि समूहको पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू