अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

हुरीमा फस्यो एयर इन्डियाको विमान, विमानभित्र खैलाबैला

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:४८ मा प्रकाशित

भारतमा एयर इन्डियाको एउटा विमान हुरीमा फसेको छ । समाचार एजेन्सीहरुका अनुसार शुक्रबार नयाँ दिल्लीबाट कोच्चितर्फ गइरहेको ‘एआइ–४६७’ विमान हुरीमा फसेको थियो । हुरीका कारण विमानले सन्तुलन गुमाउँदा विमानमा सामान्य क्षति भएको बताइएको छ ।

केही यात्रुलाई सामान्य चोट लागेको विमानका कर्मचारीले जनाएका छन् । एयर इन्डियाले उक्त घटनाको छानविन गरिरहेको छ । अधिकारीहरुका अनुसार उक्त विमान दिल्लीबाट तिरुवन्तपुरम हुँदै कोच्चिका लागि जाँदै थियो । तिरुवन्तपुरमबाट कोच्चि जाँदै गर्दा विमान हुरीको चपेटामा परेको थियो । विमानले सन्तुलन गुमाएपछि यात्रुबीच केहीबेर खैलाबैला मच्चिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू