अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

यमनको हुथी विद्रोहीले राख्यो साउदी अरबमाथि शर्त

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:४५ मा प्रकाशित

यमनमा संघर्षरत हुथी विद्रोहीले साउदी अरबमाथिको सबै आक्रमण रोक्न आफु तयार रहेको जनाएको छ । यसका लागि साउदी गठबन्धन सेनाले यमनमा आफुहरुमाथि जारी राखेको आक्रमण पूर्णरुपले रोक्नुपर्ने उसको शर्त छ । विद्रोहीको शान्ति प्रस्तावलाई संयुक्त राष्ट्रसंघे स्वागत गरेको छ । तर साउदीले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।आफ्ना दुई तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको गतिलो जवाफ दिने साउदी अरबको चेतावनी छ ।

आक्रमणमा इरानको संलग्नता रहेको दावी गर्दै साउदी अरबले यसबारे यथेष्ठ प्रमाणसहितको विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ । साउदी अरबका पराराष्ट्र राज्यमन्त्री आदेल अल जुबेरले आक्रमणमा इरानी हतियारहरु भेटिएको प्रष्ट पार्दै थप छानबिन जारी रहेको बताउनुभयो । साउदी अरबका दुई वटा तेल उत्पादन तथा प्रशोधन केन्द्रमा गत सेप्टेम्बर १४ तारिखमा ड्रोन आक्रमण भएको थियो । हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिए पनि साउदी अरब र अमेरिकले इरानमाथि आरोप लगाएका छन् ।

यता इरानका सैन्य प्रमुख हुसेन सलामीले आफ्नो देशमाथिको कुनै पनि खतरालाई जरैदेखि फाल्ने चेतावनी दिनुभएको छ । इरानविरुद्ध जाईलाग्नेमाथि प्रतिकार निश्चित भएको भन्दै उहाँले आफ्नो संयमता सधै संयमतामा सीमित नरहने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू